एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ सय ५६ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

