नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा हिमपातको सम्भावना
काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ ।
बाँकी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने माहाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

