Harsamaya
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
अमेरिकामा हिमपात ।

एजेन्सी - गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् । 

प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।

अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।

ममदानीले अहिले सम्म ६ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् । 

घरबार विहीन तथा विस्थापितहरुलाई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ ।

नयाँ आश्रय तथा एकाइहरू घरबार विहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क सहरका पाँचवटा स्थानमा  मानिसहरूका लागि खुला रहने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update