विश्वकपमा भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा
काठमाडौं- विश्वकप क्रिकेटमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ । पाकिस्तानले आफ्नो क्रिकेट टोलीले टी–२० विश्वकपमा फेब्रुअरी १५ मा हुने खेल नखेल्ने घोषणा गरेको हो ।
आइसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ । सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।
पाकिस्तान सरकारले एक्समा लेखेको छ, ‘इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा भाग लिन अनुमोदन गरेको छ । यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको खेलमा मैदानमा उत्रने छैन ।’
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२ २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

