Harsamaya
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update