नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा
काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक-दुई स्थान हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ ०६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

