Harsamaya
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, सातै प्रदेशमा वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधरणतया बादल लाग्नेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update