एजेन्सी - पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६७ जना पुगेको स्थानीय सरकारका प्रवक्ताले शुक्रबार बताएका छन् ।
गत जनवरी– १७मा गुल प्लाजामा आगलागी भएको छ दिन वितिसक्दा पनि अनुसन्धानकर्ताहरूले आगलागीको कारण अझै पत्ता लगाउन नसकेको बताउँदै ६७ वटा शवको पोस्टमार्टम परीक्षण सम्पन्न भई डिएनए जारी रहेको उनले बताए । डिएनए परीक्षणबाट आठ जनाको पहिचान पुष्टि भएकोसमेत प्रवक्ताले उल्लेख गरेका छन् ।
पिडीत परिवारहरु उद्धार प्रयास सुस्त गतिमा भएको आलोचना गरेका छन् भने ५० जना भन्दा बढीले आफ्ना बेपत्ता आफन्तहरू फेला पार्ने आशामा डिएनए नमूना दिएका छन् ।
प्रान्तीय सरकारले मृतकको प्रत्येक परिवारलाई एक करोड रुपैयाँ (३५ हजार ७२० डलर) दिने घोषणा गरेको छ । यसै गरी आगलागी बाट प्रभावित एक हजार २०० पसलका सञ्चालकलाई पनि क्षतिपूर्ति दिइने बताइएको छ ।
प्रभावित मल र बजारमा सुरक्षा प्रक्रियाहरू सुनिश्चित गर्न प्रान्तीय सरकारले कदम चालेको उनले बताए ।

