Harsamaya
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी 
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राई ।

इलाम - इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राईले मनोनयन दर्ता गराएका छन् । सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । 

मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको सेवामा दृढ भएर लाग्ने राईले बताए । 

३५ वर्षिय राईले युवा अनुभवबाट पार्टीको प्रतिनिधित्व गर्दै इमालको आवाजलाई केन्द्रमा पुर्याउने पनि बताए । 

शंकरदेव क्याम्पस काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । 

राजनीतिसँगै उनी अध्यापन पेशामा पनि आबद्ध थिए । शंकरदेव क्याम्पस, काठमाडौंमै लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् । 

स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ केन्द्रको विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारीमार रहेर अनुभव लिइसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update