Harsamaya
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै,  तराईका केही स्थानहरूमा हुस्सु रहने
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा  बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update