Harsamaya
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट
भरत पराजुलीलाई टिकट दिँदै रास्वपा नेता गणेश पराजुली ।

सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुपाल्चोक-१ मा भरत पराजुलीलाई उम्मेदवार बनाएको छ । रास्वपाले पराजुलीलाई टिकट दिएको हो । 

यहाँ रास्वपाका नेता अभय श्रेष्ठको चर्चा थियो । उनलाई उछिन्दै पराजुलीले टिकट पाएका हुन् । एमालेका नेता भनेर चिनिने पराजुलीले टिकट पाएपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको छ । 

उनी हाइड्रो व्यवसायी हुन् । बलेफि -६ स्थायी घर भएका उनको उम्मेदवारीले १ नम्बर क्षेत्रको परिणाममा समेत असर पर्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update