काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखि ढुक्क भएर आफूविरुद्ध चूनावी प्रतिष्पर्धा गर्न विपक्षी उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।
सोमबार गृहजिल्ला झापा पुग्ने भएका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरु अरु जस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध ढुक्कले प्रतिष्पर्धा गर्न सुझाव दिएका हुन् । चर्चा होस भनेर आफूहरुविरुद्ध उम्मेदवारी दिन चाहनेहरु देखिएको भन्दै ओलीले चुनावी प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिएको धारणा राखे ।
उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत पूर्वाधार विकासमा असाधारण विकास भएको दावी गरे ।
कृषिको आधुनिकीकरण, उद्योगहरु बनाउँदै लाने अन्तिम तयारीमा रहेको र झापाको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेको उनले बताए ।
उनले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नै नरहेको उल्लेख गरे । त्यस्तै ओलीले देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको समेत बताए ।

