Harsamaya
झापा जाँदै ओली,  क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदै छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी आज झापा जान लागेका हुन् । 

झापा पुगे लगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम तय भएको छ। उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता-कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्ने र त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ। आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।

यस पटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ । यहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरे का छन्।  झापा-५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update