काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

