Harsamaya
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट

सिन्धुपाल्चोक- नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

दुई प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ बाट एमालेले युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुनः उम्मेदवारका रूपमा निरन्तरता दिएको छ।

४० वर्षमुनिको क्लष्टरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएसँगै एमालेले एक क्षेत्रमा युवालाई अवसर दिएको देखिएको छ। 

यता, क्षेत्र नम्बर २ मा भने पार्टीले अनुभवलाई प्राथमिकता दिँदै पुरानै अनुहार शेरबहादुर तामाङलाई दोहोर्याएको हो। एमालेको यस निर्णयले सिन्धुपाल्चोकमा युवा ऊर्जा र अनुभवी नेतृत्वबीच सन्तुलन कायम गर्ने रणनीति अवलम्बन गरेको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update