Harsamaya
आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने
सांकेतिक तस्वीर: हरसमय/Har samaya

काठमाडौं - हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update