प्रधानन्यायाधीश राउत बिरामी
काठमाडौं - प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन् ।
प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बु स्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन् ।
उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ ।
उनी आज तेस्रो दिन पनि अस्पतालमा छन् । चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

