Harsamaya
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपा।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो। बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update