Harsamaya
कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौँ - निर्माण सामग्री बिक्री गर्ने फर्महरूमा गरिएको बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागका अनुसार अनुगमनका बेला उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि देखिएपछि विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरिएको हो ।

नियमित अनुगमनअन्तर्गत कूल १४ वटा फर्म निरीक्षण गरिएकामा कैफियत नदेखिएका तथा सामान्य कमजोरी रहेका १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य, गुणस्तर र कारोबार प्रक्रियामा पारदर्शिता कायम गर्न अनुगमनलाई तीव्र बनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित निकायको सहभागितामा अनुगमन जारी रहने र उपभोक्ता हितविपरीत काम गर्ने फर्ममाथि कानुनअनुसार कारबाही गरिने विभागको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update