सानेपामा शीर्ष नेताहरू छलफलमा
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् । बीपी स्मृति भवन सानेपामा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति देखिएको छ ।
शीर्ष नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, बिमलेन्द्र निधि लगायत शीर्ष नेताहरु छुट्टै छलफलमा बसिरहेका छन् । केन्द्रीय सदस्यहरु बैठक सुरु हुन कुरेर बसेका छन्।
यता काँग्रेसका विशेष महाधिवेशन पक्षधरहरू भने भृकुटीमण्डपमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनमा लागेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

