Harsamaya
८५ पुग्यो समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो सङ्ख्या अझै केही थपिन सक्नेछ ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उनीहरूलाई आइतबारसम्म समावेशी क्लस्टर मिलाउने समय दिइएको थियो ।

उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्छ । वा वारेस मार्फत समेत उम्मेदवारी फिर्ताको निवेदन दिन सकिन्छ ।

उम्मेदवारी फिर्ताको निवेदन पाएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई त्यसबारे जानकारी दिनेछ । आयोगले जानकारी दिएपछि उम्मेदवारी फिर्ता भएपछि खाली भएको ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउँछ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ । 

 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update