समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोलि नाम फिर्ता लिनसक्ने
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकका लागि बुझाइएको बन्दसूचीबाट उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ ।
आयोगले बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिन सक्ने जनाएको छ ।
आयोगले बिहान १० देखि दिउँसो २ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको छ । यस्तै उम्मेदवार कारणवश उपस्थित हुन सक्ने अवस्था नभएमा वारेसमार्फत नाम फिर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

