Harsamaya
‘हामी अमेरिकी बन्न चाहँदैनौँ
ग्रीनल्याण्ड।

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्याण्डका राजनीतिक दलहरूले यसको विरोध गरेका छन् । 

ग्रीनल्याण्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी अमेरिकी हुन चाहँदैनौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका सम्बन्धमा वासिङ्टनले रुचाए पनि नरुचाए पनि केही गर्न लागेको दोहो¥याएपछि शुक्रबार राति उक्त वक्तव्य आएको हो ।
 
ग्रिनल्याण्डको संसदका पाँच दलका नेताले भने, ‘हामी अमेरिकी हुन चाहँदैनौं नत डेनिस नै ।  हामी ग्रीनल्याण्डवासीका रूपमा पहिचान बनाउन चाहन्छौँ ।’

उनीहरूले भनेका छन्, ‘ग्रिनल्याण्डको भविष्यबारे ग्रिनल्याण्डवासीले निर्णय गर्नैपर्छ ।’
 
डेनमार्क र अन्य युरोपेली सहयोगीहरू संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको ग्रीनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने घोषणाले स्तब्ध भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रिनल्याण्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update