Harsamaya
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक 
काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। 

पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा समसामयीक राजनीतिक विषयषमा छलफल हुने छ। 

विशेषगरी बुधबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। उक्त आह्वान पश्चात् अहिले पार्टीभित्र तरंग छाएको छ। सोही विशेष महाधिवेशनलाई रोक्न वा के गर्ने भन्ने विषयमा बिचको बाटो खोज्न बैठक बोलाइएको बुझिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update