Harsamaya
महामन्त्रीद्वय  थापा र  शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति,  विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल

काठमाडौं - नेपाली काँग्रेसले कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पनि पदाधिकारी वा सदस्यलाई नहुने प्रस्ट पारेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीले आपत्ति जनाएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्य तालिका तयार गरी अधिवेशन/ महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चार माध्यम मार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update