Harsamaya
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
प्रवक्ता डा. प्रकाशशरण महत ।

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update