एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने
काठमाडौंं- नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक बस्नेगरी एमालेले सचिवालय सदस्यहरूलाई बोलाएको हो। उक्त बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ।
एमाले सचिव भानुभक्त ढकालले राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लगाउन बैठक बोलाइएको जानकारी दिए।
माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

