Harsamaya
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ र ललितपुरका विभिन्न व्यापारिक प्रतिष्ठानमा निरन्तर बजार अनुगमन तथा निरीक्षण गरेको छ । पछिल्लो अनुगमनका क्रममा विभागले १७ वटा फर्मको गतिविधि जाँच गरेको हो ।

अनुगमनका क्रममा काठमाडौँको गैरीगाउँस्थित युवराज ट्रेड एण्ड सप्लायर्सले उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लङ्घन गरेको पाइएपछि विभागले उक्त फर्मलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार ऐनको दफा १५ तथा दफा ३८ (घ) बमोजिमको कसुरमा दफा ३९ (क) अनुसार कारबाही गरिएको हो ।

अन्य १६ वटा फर्ममा भने तत्काल सुधार गर्नुपर्ने कमजोरी देखिएकाले निर्देशनात्मक कारबाही गरिएको विभागले जनाएको छ । विभागले स्थानीय प्रशासन र जनप्रतिनिधिको सहभागितामा बजारमा स्वच्छता, पारदर्शिता र उपभोक्ता हित सुनिश्चित गर्न नियमित रूपमा अनुगमन र निरीक्षण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update