Harsamaya
कांग्रेसले भन्यो - विशेष महाधिवेशनको औचित्य समाप्त भयो
कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं - कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । 

सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको जानकारी दिए ।

साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update