Harsamaya
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।  बैठकमा महाधिवेशन विवादबारे छलफल हुनेछ ।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । उनीहरूले अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन् । 

काँग्रेसमा विशेष महाधिवेशन माग्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update