Harsamaya
देशभर पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  तराई भू-भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो  रहनेछ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update