Harsamaya
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ
अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूबाट पक्राउ ।

एजेन्सी - अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा हतियार जफत गरिएको प्रहरीले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मङ्गलबार प्रहरीले प्रकाशित गरेको तथ्यांक अनुसार डिसेम्बर–८ मा चार प्रमुख मेलबर्न सपिङ सेन्टरमा सुरक्षा अभियान सुरु भए देखि १०९ जनालाई पक्राउ गरिएको छ ।

भिक्टोरिया प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथमा छुरी हथौडा डस्टरको सेटहरु लगायतका खजना जफत गरिएको जनाएको छ ।  मेलबर्न सपिङ सेन्टरहरूमा हिंसात्मक घटनाहरूको शृङ्खला बढे पछि सुरक्षा कारबाही स्थापना गरिएको थियो ।

भिक्टोरिया प्रहरीकाका क्षेत्रीय अपरेसनका उपायुक्त बब हिलले किनमेल केन्द्रहरूमा प्रहरी र सुरक्षात्मक सेवा अधिकारीहरूको उपस्थिति जारी रहेको बताएका छन् । 

सबैले सुरक्षित महसुस गर्नुपर्ने ठाउँमा हिंसा, आक्रामकता र हतियार ल्याउनेहरूको विरुद्ध प्रहरी खडा हुने उनले बताए । भिक्टोरिया प्रहरी अपरेसन अन्तर्गत २१७  वटा अपराध दर्ता भएका छन्, जसमध्ये ७५ वटा चोरीसँग सम्बन्धित भएको जनाइएको छ । 

भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update