Harsamaya
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै आयोगमा युवाहरुको प्रदर्शन
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै युवाहरुको एक समूहले निर्वाचन आयोग परिसरभित्रै प्रदर्शन गरेका छन् । 

काठमाडौं - निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै युवाहरुको एक समूहले निर्वाचन आयोग परिसरभित्रै प्रदर्शन गरेका छन् । 

जेनजी आन्दोलनको माग निर्वाचन नभएको भन्दै उनीहरुले निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जेनजीको माग पुरा गर, हत्यारालाई कारवाही गर, निर्वाचन प्रक्रिया बन्द गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारावाजी गरेका थिए ।

आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update