Harsamaya
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक ।

काठमाडौं - पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।

पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् । 

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update