काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्ध हुन आव्हान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताइन् ।
उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ । फेरि पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्ध हुन आव्हान गर्दछु । आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गरौँ । अबको आशा रास्वपा’

