जनकपुरधामका विद्यालयहरू चार दिन बन्द
जनकपुर - जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ ।
यस अघि उपमहानगरपालिकाले एक दिनको लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।
करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भोग्नु परेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

