Harsamaya
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यलय ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।

आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन आजको बैठक आयोजना गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update