आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

