नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने
काठमाडौं - नागरिक लगानी कोषको पुस ३० गते ३१औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो ।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेण्डा रहेको छ ।
त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

