Harsamaya
तीन वटा होटललाई जरिवाना ४५ हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल ४५ हजार जरिवाना गरेको छ ।
    
विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।
    
यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update