८७ वर्षीको उमेरमा पूर्वउपप्रधानमन्त्री मण्डलको निधन
काठमाडौं- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर-९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए ।
भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

