Harsamaya
शितलनिवासमा सुरु भयो राष्ट्रपति,  प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रमुख तीन दलका प्रमुखहरू र प्रधानमन्त्री सुशीला कार्कीबीचको छलफल सुरु भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा सुरु भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छिन् । 

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै मुख्य दलहरूबीच छलफल हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीले तीन मुख्य दलका नेताको मुख पनि हेर्न मन नभएको बताउँदै आएकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update