Harsamaya
राष्ट्रपति पौडेल, प्रधानमन्त्री, देउवा, ओली र प्रचण्डबीच छलफल हुने
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका प्रमुखहरूसँग छलफल गर्दैछन् ।

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा केहीबेरमा पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update