Harsamaya
साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै
साफ महिला क्लब च्याम्पियनसिपको ट्रफी ।

काठमाडौं - साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदैछ । 

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुबै टीमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् ।

फाइनलअघि शुक्रबार दशरथ रंगशाला आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको बताए । अहिले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उहाले पहिलो पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताए । 

त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए । 

त्यसैगरि भारतको इस्ट बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पुरा गर्नेगरी खेल्ने बताएका थिए । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update