सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

