Harsamaya
रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक
सिन्धुपाल्चोक–२ का क्षेत्रीय सचिव दिपक राज गिरी, दोर्जे तामाङ र निमा याङचेन ।

सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

पार्टीका अनुसार जिल्लाबाट सिफारिस भएका सबै उम्मेदवारसँग पहिलो चरणको छलफल यही पौष ५ गते हुने भएको छ। उक्त छलफलमार्फत उम्मेदवारहरूको धारणा, तयारी अवस्था तथा आगामी कार्यक्रमबारे जानकारी लिइने जनाइएको छ।

रास्वपाले खस आर्य समूह अन्तर्गत सिन्धुपाल्चोक–२ का क्षेत्रीय सचिव दिपक राज गिरी, प्रमोद तिमल्सिना (साजन) , महेश्वर घिमिरे र प्रमोद न्यौपानेको नाम सिफारिस गरेको छ।

त्यसैगरी आदिवासी जनजाति समूह तर्फ रास्वपा सिन्धुपाल्चोकका कोषाध्यक्ष दिलराम श्रेष्ठ, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का रास्वपा सभापति निमा याङचेन लामाको नाम सिफारिस गरिएको छ।

उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update