Harsamaya
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुन तोलामा ७०० सय र चाँदी २५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ८० निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० निर्धारण भएको थियो भने एक तोला चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update