Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय र चाँदी १७० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।


 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update