Harsamaya
योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update