Harsamaya
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

जनकपुर - जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाइ गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।

उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगर प्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।

जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको सङ्ख्याले पैदल यात्रुसहित अन्य वाहनहरूलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

उनले आइतबारदेखि चोकहरूमा माइकिङ गरेर दर्ता नभएका टेम्पु, ई–रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए । उनका अनुसार उपमहानगरको निर्देशन विपरीत कुनै ई–रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update